Comments Add Comment

बारुलाको विष, क्यान्सरको औषधि

Barulo

वैज्ञानिकहरुले बारुलाको विषलाई क्यान्सर प्रतिरोधी औषधिको रुपमा प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएका छन् ।

प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार बारुलाले चिलेको बेला निस्कने विषले अन्य सद्दे कोषहरुमा क्षति नपूराई क्यान्सर कोषिकाहरुलाई नष्ट गर्न सक्छ ।

युनिभर्सिटी अफ ब्राजिलका शोधकर्ताहरुले ब्राजिलको रैथाने प्रजातिको पोलिबिया पाउलिस्टा जातको बारुलामा अनुसन्धान गरेका थिए ।
शोधबाट प्राप्त नतिजा प्रारम्भिक अवस्थाको रहेको र यो पद्धति मानिसमा सुरक्षित साथ अपनाउन सकिने नसकिने विषयमा थप परीक्षण आवश्यक रहेको बताइएको छ ।

यो बारुलाले चिल्दा एमपी वान नामको विष निकाल्छ । यो विषले मुसामा क्यान्सर कोषिकाहरु नष्ट गरेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसार यो विषले क्यान्सर कोषिकाको सतहमा असाधारण रुपमा रहेका फ्याट अणुहरुसँग प्रतिक्रिया गर्ने र त्यसपछि कोषहरुमा प्वाल पार्ने गर्दछ । यसरी बनेको प्वालबाट उक्त कोषभित्रका महत्वपूर्ण अणुहरु बाहिर निस्कन्छन् र कोषले राम्रोसँग काम गर्न नपाइ मर्दछ ।

तर स्वस्थ कोषमा भने त्यस्तो अणु कोषभित्रै लुकेर रहने हुनाले विषले कुनै असर पार्दैन । लिड्स विश्वविद्यालयका सह शोधकर्ता डाक्टर पाउल बेलेसका अुनसार कोष झिल्लीको चिल्लोजन्य अणुहरुमामा आक्रमण गराउने यस्तो क्यान्सर थेरापी क्यानसर प्रतिरोधी औषधिमा अहिलेसम्मकै नयाँ वर्ग रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment