Comments Add Comment

कांग्रेस सभासद मन्सुरले भने- केही दिन प्रक्रिया रोक्दा आकास खस्दैन

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद फरमुल्लाह मन्सुरले संविधान बनाउन चाहने पक्षसँग सरकारले साथर्क वार्ता गर्नु पर्ने वताएका छन् । उनले त्यसका लागि २/३ दिन प्रक्रिया रोके आकास नखस्ने बताए ।

Farmullah-Mansurआनलाइनखवरसँग कुरा गर्दै कांग्रेस सभासद मन्सुरले भने-संविधानको मस्यौदा आएपछि विभिन्न जाति, समुदायले आफ्नो पहिचान र अधिकार माग गरेका छन् । त्यसलाई सम्बोधन गर्न सार्थक वार्ता गर्नुपर्छ ।’

उनले अघि भने, सरकार भनेको अभिभावक हो । बोलाएको आएन भनेर हुँदैन । सार्थक वार्ताको पहल गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई पनि भनेका छौं ।’

आन्दोलनमा संविधान बनाउन नदिने र संविधान चाहने दुबै शक्ति रहेको भन्दै उनले भने-संविधान बनाउनुपर्छ भन्ने सोच भएका विजय गच्छदार जस्ता शक्तिहरुलाई खुट्टा टेक्ने ठाउँ दिनुपर्छ । सरकारले वार्ता गनुपर्छ ।’

केही दिन संविधानसभाको प्रक्रिया रोक्दा वार्ता हुन्छ भने त्यसका लागि पनि तयार हुनु पर्ने उनले बताए । ‘कांग्रेस र एमाले नौंबुँदे ल्याएपछि पनि विवाद भएको हो । त्यसबेला केही दिन प्रक्रिया रोक्दा हामी माओवादीलाई साथमा ल्याउन सफल भयौं’ कांग्रेस सभासद मन्सुरले भने-अहिले पनि केही दिन प्रक्रिया रोक्दा आकास त खस्दैन नि ।’

कांग्रेसमा भएका मधेसबाट प्रतिनिधित्व गर्ने, जनजाति र दलित सभासदहरुको समान धारणा रहेको र सार्थक वार्ताका लागि आग्रह गरेको उनले बताए ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासहितका नेताहरुले पार्टीका मधेसी र जनजाति सभासदहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment