Comments Add Comment

सार्वजनिक सवारीको न्युनतम भाडा १३ रुपैयाँ

२३ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडामा घटाउने निर्णय गरेको छ । बुधबार यातायात व्यवसायीसंग छलफल गरेर विभागले साविकको भाडामा २ दशमलव २ प्रतिशत भाडा घटाउने निर्णय गरेको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

फाइल तस्वीरअब काठमाडौंका सवारीका न्युनतम् भाडा १३ रुपैयाँ कामय हुने भएको छ । वैज्ञानिक भाडादर अनुसार १२ रुपैयाँ ७१ पैसा हुने भएपनि १३ रुपैयाँमा सहमति भएको विभागले जनाएको छ । यसअघि काठमाडौंमा न्युनतम् भाडा १३ रुपैयाँ ७२ पैसा भएपनि व्यवसायीले यात्रुसंग १५ रुपैयाँ लिदै आएका थिए ।

‘राउण्ड फिगरमा अहिले १४ रुपैयाँ भाडा कायम भएपनि व्यवसायीले खुद्रा नभएको भन्दै १५ रुपैयाँ लिईरहेका छन् । अब भने गाडीभाडा १३ रुपैयाँ काम भएकाले त्यसलाई कडाईका साथ लागू गर्ने सहमति भएको छ ।’ महानिर्देशक श्रेष्ठले भने, ‘अब १५ रुपैयाँ लिनेलाई कारवाही हुनेछ । त्यसका लागि विभागको नेतृत्वमा उपभोक्तावादी, ट्राफिक प्रहरी र यातायात व्यावसायी मिलेर संयुक्त अनुगमन तीव्र पार्नेछौं ।’

विभागले आज गरेको निर्णय बिहिबार यातायात मन्त्रालयमा पेश हुनेछ । मन्त्रालयले निर्णय सदर गरेपछि नयाँ भाडादर प्रकाशित गरी लागू हुने विभागले जानकारी दिएको छ । पेट्रोलियम पदार्थमा मूल्य घटेपछि सार्वजनिक सवारीको भाडा पनि घटाईएको हो ।

नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीसाधनको भाडा घटेको थिएन । यसको उपभोक्तावादी संस्थाले विरोध जनाउँदै आएका थिए ।

यो पनि पढ्नुहोस्-  पेट्रोलियम पदार्थको भाउका आधारमा भाडा २.२२ प्रतिशत घट्ने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment