+
+

आन्दोलनकारीले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २७ गते १२:५१

२७ भदौ, सिराहा । सिराहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीमा गोली हानेका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

Sirahaसशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राईलाई गोली लागेको छ । दाहिने पाखुरामा गोली लागेको उनको स्थानीय क्लिनिकमा उपचार ग।रिएको छ ।

बन्दकर्ताले रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि खुलाउन प्रहरी गएको थियो । तर, लुकेर बसेको समूहले प्रहरीमाथि गोली चलाएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीलाई लक्षित गरी दुई राउण्ड फायर गरेका थिए । घटनामा प्रहरीले चार राउण्ड फायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?