+
+

हिपहप स्टार निकी मिनाज एम्सटर्डममा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १६:०१

काठमाडौं । अमेरिकी हिपहप स्टार निकी मिनाज एम्सटर्डमको सिफोल विमानस्थलमा पक्राउ परेकी छन् । ‘पिंक फ्राइडे २’ नामक वर्ल्ड टुरका लागि उनी नेदरल्यान्ड्सबाट बेलायतको म्यानचेस्टर जान लागेकी थिइन् ।

लगेजमा गाँजा रहेको भन्दै प्रहरीले विमानस्थलमा पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले भिडियो खिच्दै आफूलाई प्रहरीको गाडीमा प्रहरी सेलतर्फ लैजान लागेको बताएकी छन् ।

इन्स्टाग्राम लाइभमा सेयर गरिएको भिडियोमा निकीले लगेजमा गाँजा छ भन्ने प्रहरी अधिकारीसँग भनाभन गरिरहेको देखिन्छ । ‘मैले गाँजा बोकिरहेकी छैन,’ क्लिपमा उनले भनेकी छन्, ‘म त्यहाँ गइरहेकी छैन । मलाई अहिले कानुन व्यवसायी चाहिन्छ । म कहाँ जाँदैछु ?’

त्यसपछि प्रहरी अधिकारीले उनलाई प्रहरी स्टेसनतर्फ लैजान लागिएको बताएका छन् । प्रहरी अधिकारीले उनलाई भिडियो खिच्न रोक्न भनेपछि उनलाई भ्यानभित्र राखिएको थियो ।

आफ्नो विश्वव्यापी सांगीतिक टुरअन्तर्गत मिनाजले बेलायतको म्यानचेस्टरमा प्रस्तुति दिने कार्यक्रम थियो । तर पक्राउपछि उनको पूर्वनिर्धारित कन्सर्ट सरेको छ । पक्राउपछि एक्स (पहिलेको ट्वीटर)मार्फत मिनाजले आफ्नो सहमति विना प्रहरीले लगेज खोतलेको बताउँदै आफ्नै ब्याग हेर्न पनि रोक लगाइएको उल्लेख गरेकी छन् ।

तर प्रहरीले चाहिं मिनाजको नाम नलिइकनै एक अमेरिकी महिलालाई विमानास्थलबाट ‘सफ्ट ड्रग्स’सहित पक्राउ गरेको प्रतिक्रिया दिएको छ । म्यानेचस्टरको कन्सर्ट रोकिएपछि उनका फ्यान आक्रोशित भएका छन् । पक्राउ परेको केही घण्टापछि मिनाजलाई रिहा गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?