 
																			३१ जेठ, बुटवल । बुटवलको अस्पताल लाइन आसपासका फुटपाथ व्यवसायीले आफूहरुमाथि ज्यादती गरेको भन्दै नगर प्रहरीविरुद्ध प्रदर्शन र नाराबाजी गरेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल अगाडि भेला भएका उनीहरुले ‘काम गरेर खान दे’, ‘रोजगारीको व्यवस्था गर’, ‘ज्यादती गर्ने नगर प्रहरीमाथि कारवाही गर’, ‘मानवअधिकारको सम्मान गर’ लगायतका नारा लगाएका थिए ।
डोकोमा सामान राखेर बजारमा डुलेर बेच्दा समेत नगर प्रहरीले लखेटी–लखेटी सामान फ्यांकिदिने र कब्जा गरिदिने गरेको महिलाहरुको गुनासो छ ।
सडकबाट भागेर बजारका घर र होटेलमा आश्रय लिन पुगेको अवस्थामा समेत नगर प्रहरीले हातपात गर्ने, सामान खोसेर लगिदिने गरेको बुटवल ११ मजुवाका इन्द्र नेपालीले बताए ।
नगर प्रहरीको ज्यादतीविरुद्ध आवाज उठाउँदा घरमै आएर धम्की दिने गरेको नेपालीले बताए । नगर प्रहरीले लखेट्दा खुट्टा भांचिएर उपचारमा चार लाख खर्च भएको तर उपमहानगरले कुनै वास्ता नगरेको नम्रता परियारले बताइन् । नगर प्रहरीले लखेट्दा आफू जस्तै ५ जना अन्य महिलाहरु समेत लडेर घाइते भएको उनले बताइन् ।
आफूहरुमाथि ज्यादती नरोकिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने उनीहरुको भनाइ छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले फुटपाथ व्यवस्थित गर्ने क्रममा नगर प्रहरीले सडक ब्यापारीलाई हटाउनु स्वभाविक भएको बताए ।
नगर प्रहरीले कसैमाथि अमानवीय व्यवहार र ज्यादती गरेको भए यसबारेमा बुझेर निर्णय लिइने रानाले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4