Comments Add Comment

आन्दोलनमा मारिएकाहरूको शवयात्रामा हजारौं सहभागी

Janakpur-Sab-Yatra-1

वीरेन्द्र रमण

२९ भदौ, जनकपुर । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका तीन जनाको शव यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।

जनकपुर अञ्चल अस्पतालबाट शव यात्रा सुरु भएको थियो । शव यात्रामा हजारौं सर्वसाधारण सहभागी भएका छन् । मधेसी मोर्चाका नेताहरु पनि छन् ।

स्थानीय प्रशासनले मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

२५ गते जनकपुरमा प्रहरीले चलाएको गोली लागी संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो । तीनै जनाको मुजेलिया चोकमा सामुहिक अन्त्येष्टि गरिनेछ ।

Janakpur-Sab-Yatra-3
तस्वीरः उपेन्द्र महतोको फेसबुकबाट

Janakpur-Sab-Yatra Janakpur-Sab-Yatra-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment