Comments Add Comment

गोली लागेर ज्यान गुमाएकी महिलाको शव फेला

गौतम श्रेष्ठ
rautahat_district३० भदौ, रौतहट । रौतहटको रमौली बरियाँमा एक महिलाको शव फेला परेको छ । अन्दाजी १८ वर्षकी जस्तो देखिने विवाहित महिलाको शव रमौली बरियाँ वडा नम्बर पाँचको चाँदी खोलाबाट ल्याइएको नहरको डिलमा फेला परेको हो ।

महिलाको बायाँ कोखामा गोली लागेको छ । घटनास्थलबाट पड्केको गोलीको एक खोका र एउटा गोली फेला परेको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ भने मृतकको नाम, घटनाको कारण खुल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment