३० भदौ, काठमाडौं । हिन्दु राष्ट्र घोषणाको माग गर्दै आमरण अनसनमा बसेका चार युवाहरु १७ दिन लामो असनसन तोड्न सहमत भएका छन् ।
अपराहृन साढे ४ बजे प्रधानमन्त्री सुशील कोइरालाले चार युवाको असनसन तोडाउने भएका छन् । नौ बुँदे माग राख्दै कमलप्रसाद जोशी, प्रेमनिधि भारद्धाज, सागर कटुवाल र खेमनाथ आचार्य भदौ १४ गतेबाट खुल्लामञ्चमा आमरण अनसनमा बसेका थिए ।
सात माग पुरा गर्ने र बाँकी दुई वटा मागका विषयमा वार्तामा बसेर समाधान खोज्न आग्रह गर्दै प्रधानमन्त्रीले पत्र पठाएको र अनसन तोड्ने सहमति भएको सागर कटुवालकी पत्नी आरती पौडेल कटुवालले अनलाइनखबरलाई जानकारी दिइन् ।
‘हिन्दु राष्ट्र घोषणा र मुख्य पदहरुमा ओमकार परिवारबाट हुनु पर्ने माग पुरा भएको छैन’ उनले भनिन्-‘हामी सरकारलाई तीन दिने अल्टिमेटम दिएर अनसन तोड्छौं । नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्छौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4