Comments Add Comment

‘नाई’ भन्न नजान्दा यसरी फसिन् अनु

anu shah
नायिका अनु शाहले ‘हुँदैन’ भन्न नजान्दा उनी विवादमा फसेकी छिन् । एक गीतको छायांकनका लागि वुटवल आउँछु भनेर नपुग्दा अनुप्रति गीतका निर्माता खनिएका छन् । अनुले वुधबार बेलुकी दशै र तिहारको गीतको छायांकनका लागि आफू आउने बताएकी थिइन् । तर, बिहिबार अनु नपुगेपछि छायांकन स्थगित गरेर यसको निर्माणपक्ष आक्रोशित बनेको छ ।

एकता फिल्मस् प्रालीको यूनिटसँग अनुले आफू छायांकनका लागि आउने बताएकी थिइन् । तर, उनले वुधबार रातभरी मोबाइल अफ गरेपछि निर्माणपक्ष तनावमा परेको  थियो । बिहिबार बिहान १० बजेसम्म पनि अनु नपुगेपछि एकता फिल्मस्ले छायांकन शनिबार सम्मलाई सारेको छ । अब शनिबार रश्मी तामाङ र शशी खड्कालाई लिएर गीत छायांकन गर्ने तयारी गरिएको छ ।

अनुलाई २० हजार पारिश्रमिक दिने मौखिक सहमती भएको थियो । नायिका अनु शाहले आफूले आउछु भन्नु नै गल्ती भएको स्विकार गरिन् । अनुले भनिन्-‘मलाई ‘नाई’ भन्न नै आउँदैन । वुधबार बेलुकासम्म पुग्छु भन्ने लागेको थियो । तर, ट्याक्सी खोज्दा पनि पाइएन । मोबाइल पनि अफ भयो ।’

उनले आफ्नो धोका दिने कुनै नियत नभएको भन्दै ‘आउछु’ भनेर नपुग्नु आफ्नो गल्ती भएको स्विकार गरिन् । बिहिबार बिहानसम्म भएपनि पुग्छु भनेर प्रयास गरेको तर नसकेको अनुको तर्क छ ।

बब्बु थापाले निर्देशन गर्न लागेको दशै र तिहार बिषयको गीत ‘दशैमा दुर्गाको पुजा, तिहारमा’ बोलको गीतका लागि अनुलाई मोडलिङ गराउने तयारी गरिएको थियो । अनु आउने भनेपछि बुटवलको सिद्धेश्वरी उच्च मावीमा स्टेज बनाएर एक सय मानिसलाई पनि निमन्त्रणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment