+
+
Shares

इराकमा श्रृंखलावद्ध विष्फोट, ६३ मारिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १३:०६

Bagdad-Blastबगदाद । इराकमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तिमा ६३ जनाको मृत्यू भएको छ । सबैभन्दा ठूलो विष्फोट दियाला प्रान्तको शिया बाहूल्य क्षेत्रमा भएको छ, जहाँ कमसेकम ४० जना मारिएको प्रहरी अधिकारीले बताएका छन् ।

अर्को विष्फोट अब जुबैरमा भएको थियो । त्यहाँ १० जना मारिएको खबर छ । यसैगरी तेस्रो विष्फोटमा १३ जनाको ज्यान गरेको छ ।  एपीका अनुसार राजधानी बगदादमा पनि बम विष्फोट भएको छ र त्यहाँ २५ जना घाइते भएका छन् ।

चरमपन्थी समुह आइएसले पहिलो विष्फोटको जिम्मेवारी लिएको छ । तर, दोस्रो विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?