Comments Add Comment

दसैंमा घर जान तेल पाइन्छ कि पाइँदैन ?

Petrol line (1)

१९ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण तेलको अभाव चुलिएपछि काठमाडौं बाहिर घर भएका धेरैलाई दसैंमा घर जान नपाइएला भन्ने चिन्ताले सताएको छ ।

अहिले नै सडकमा गाडी निकै कम भएकाले सार्वजनिक सवारी साधन चल्नै बन्द हुने हो की भन्ने धेरैको आशंका छ । घटस्थापना आउन लाग्दा पनि टिकट बुकिङ नखुलेकाले चिन्ता लाग्नु स्वभाविक हो ।

निजी गाडी तथा मोटरसाइकल भएकाहरुलाई तेल नपाउने चिन्ताले सताउन थालेको छ ।

नेपाल आयल निगमका अनुसार यसबारे छलफल सुरु भएको छ । तर, के गर्ने टुङ्गोमा पुगेको छैन । निगममा मंगलबार यस विषयमा छलफल भएको एक उच्च अधिकारीले बताए ।

उनले सकेसम्म नेपालीहरुको महान पर्व दसैंमा सबैलाई घर पुर्‍याउनका लागि सार्वजनिक सवारीलाई सहज रुपमा तेल उपलब्ध गराउने तयारी सुरु गरिएको बताए । ‘अहिले दैनिक वितरण हुने तलमा केही कटौती गरेर तेल बचाउन सकिन्छ भन्ने हाम्रो योजना छ’ उनले भने-‘हामी सकेसम्म त्यतिबेला केही दिन निजी सवारीलाई पनि तेल दिन पाए हुन्थ्यो भन्नेमा छौं । तर, स्टकको स्थिति हेरेर मात्र यसको औपचारिक निर्णय हुन्छ ।’

नेपाल आयल निगमले अहिले नै निजी गाडी र मोटरसाइकलाई तेल दिन छाडिसकेको छ । तर, निगमले तेलको जोहो गरेर काठमाडौंबाट बाहिरिने यात्रुलाई सहज गर्न प्रयास गर्ने जनाएको छ ।

के भन्छन् यातायात व्यवसायी ?

यातायात ब्यवसायी भने अहिलेकै स्थितिमा दशैंमा लाखौं यात्रु ओसार्न नसकिने बताउँछन् । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तेलको अभाव अझै चर्किए अहिले दिइरहेको सेवा पनि कटौति हुने अवस्था आउने चेतावनी दिए ।

उनले सरकारले दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुलाई लागि सार्वजनिक सवारीलाई उच्च प्राथमिकता दिएर तेल वितरण गर्नुपर्ने बताए । त्यतिबेलका लागि छुट्टै ब्यवस्था गर्न आफूहरुले मंगलबारको छलफलमा निगमसंग आफूहरुले कुरा उठाउने सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment