Comments Add Comment

एनआरएन युवा उप-संयोजकमा डेनमार्कबाट शर्माको उम्मेदवारी 

कोपनहेगन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद युवा उप- संयोजक पदका लागि डेनमार्कबाट लोकराज शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। शर्मा हाल  गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय युवा संयोजक छन् ।

lokraj sharmaउनी विगत नौ वर्षदेखि डेनमार्क बस्दै आएका छन् । विश्वभर छरिएर रहेको नेपालीहरूलार्इ एकतावद्ध गर्नु नै मुख्य योजना रहेको उनले बताए । एनआरएनको टास्कफोर्समा रहेर काम गरेका उनी विदेशमा पनि नेपाली युवा उद्यमशिलतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् ।

विश्वभर छरिएर रहेका नेपाली एक्स्पर्टहरुको नेटवर्कको लागि एनआरएन केन्द्रले बनाएको योजनामा रहेर काम गरेका शर्माले त्यससम्बन्धी सफ्टवेयर बनाउने कार्यमा भूमिका निभाएका थिए । उक्त सफ्टवेयरमा दक्ष नेपाली मानवस्रोतहरुको विवरण रहेको पनि उनले बताए ।

उनले गतवर्ष वार्सिलोनामा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनमा आफनो कार्यपत्र प्रस्तुत गरेका थिए । जुम्ला स्थायी घर भएका शर्माले डेनमार्कको विश्वविद्यालयबाट स्नातकोत्तर शिक्षा हासिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment