Comments Add Comment

बाह्य हस्तक्षेप अन्त्य गर्ने समय आयो : डा. भट्टराई

Baburam-Bhattrai

  • फाइल तस्वीर

२१ असोज, नेपालगन्ज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताका छन् ।

विहीबार नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि भइआएको बाह्य हस्तक्षेप अन्त्य गर्ने समय आएको बताए । अहिले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी निन्दनीय र अमानवीय भएको बताउँदै उनले यसको मुकाबिला सबैले मिलेर गर्नुपर्नेमा जोड दिए ।

संविधान जारी भएपछि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यका साथ आफूले एमाओवादी पार्टी परित्याग गरेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, “मुलुकलाई अब नयाँ राजनीतिक शक्ति चाहिएको छ । त्यो शक्ति अब छिट्टै निर्माण हुन्छ ।”

सबैको परामर्श, सल्लाह र सहभागिताका आधारमा नयाँ शक्तिको उदय हुने उनको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment