Comments Add Comment

नेपाललाई ८ सय किलो बिउ उपहार दियौं : भारतीय दूतावास

२२ असोज, काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाललाई आठ सय किलो तरकारीको विउ सित्तैमा दिएको भन्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति अनुसार यति बिउको मूल्य भारु एक करोड ६२ लाख, ९२ हजार पाँच सय पर्न आउँछ ।

indian-ambessy-at-KTMदूतावासको वेवसाइटमा जनाइएअनुसार राष्ट्रिय बिउबिजन बोर्डका सदस्यसचिव डिडी बराल सो उपहार लिन पुगेका थिए । विउ हस्तान्तरण गर्दा कृषि विकास मन्त्रालयका थुप्रै अधिकारीको उपस्थिति रहेको विज्ञप्तिमा जनाइएको छ । ‘उपहारका रुपमा दिएको बिउमा टमाटर, मुला र प्याजलगायत छन्,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

नेपाललाई भूकम्पबाट भएको क्षतिको राहत स्वरुप बिउ उपहार दिइएको भन्दै विज्ञप्तिमा नेपाल र भारतबीच सहकार्यका क्षेत्रहरुमा कृषि प्रमुख रहेको जनाइएको छ ।

तराईका विभिन्न क्षेत्रमा सिचाइँ पूर्वाधार सुधारका लागि २ हजार ७ सय स्यालो ट्यूवेल जडान गरिदिने योजना रहेको समेत दूतावासले जनाएको छ ।

विज्ञप्तिका अनुसार थुप्रै कृषि अन्वेषक र वैज्ञानिकहरु प्रत्येक वर्ष नेपालबाट भारतका विभिन्न इन्स्टिच्यूटहरुमा तालिम लिन जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment