Comments Add Comment

केपीलाई सुशीलको फोन-मैले उठ्नैपर्ने भो !

susil-koirala-and-kp-oli
२३ असोज, काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीले विगतका सहमतिबाट पछि हटेमा नेपाली कांग्रेसलाई जनताले कालो सूचीमा राख्ने टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई पछिल्लो अवस्थाको जानकार दिदै ओलीले भने-कांग्रेसले नै विगतको सहमति भंग गरेको खण्डमाा उसलाई नेपाली जनताले मनबाटै ‘ब्ल्याक लिष्ट’मा राख्नेछन्, मलाई लाग्छ कांग्रेस त्यो बाटोमा जाने छैन ।

बैठक चल्दाचल्दै ओलीलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको फोन आएको थियो । फोन वार्ताका बारेमा पनि ओलीले सांसदहरुलाई जानकारी गराए ।

‘भर्खरै मलाई फोन आयो, हामी तीन जनाबीच छलफल हुँदा दुई नेताले कुनै पनि हालतमा तपाई प्रधानमन्त्रीको उम्मेवार हुनुपर्छ भनेर दबाव दिएपछि म उठ्नैपर्ने भो भने’ ओलीले कोइरालासँगको संवाद उधृत गर्दै सुनाए ।

आफूले कोइरालालाई त्यसो नगर्न र विगतको सहमतिबाट पछि नहट्न आग्रह गरेको बताए । ‘कांग्रेस विगतको सहमतिबाट भागेर जनतालाई धोखा दिन खोज्दैछ’ ओलीले भने ।

उनले मधेस र थरुहट आन्दोलनका जायज माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रहसमेत गरे । ‘जनताका जायज माग सम्बोधन हुनेछन्’ उनले भने ।

एमालेको बैठकमा साना दल

एमाले संसदीय दल बैठकमा अन्य साना दलदका नेताहरु समेत सहभागी भएका थिए । संसद भवनको शंकर हलमा भएको बैठकमा माले महासचिव सिपी मैनाली, खम्बुवान राष्ट्रिय मोर्चा रामकुमार राई, नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, दलित जनजाति पार्टीकी यशोदा लामालगायतका साना दलका सांसद सहभागी थिए ।

उनीहरुले सोही बैठकबाटै प्रधानमन्त्रीमा ओलीलाई सहयोगको घोषणा गरेको बैठकस्थलबाट एमाले सांसद यज्ञराज सुनुवारले बताए । बैठकमा नेताहरु झलनाथ खनाल र माधव नेपालले सम्बोधन गरेका थिए ।

यसैबीच एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीमा दलका नेता ओलीको उम्मेदवारी दर्ता गर्ने औपचारिक निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment