Comments Add Comment

ओलीलाई समर्थन गरेसँगै एमाओवादीमा विवाद, असन्तुष्ट भन्छन्-निर्णयले आश्चर्यचकित भयौं

२३ असोज, काठमाडौं । बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेसँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।

एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् । साथै निर्शत एमालेलाई समर्थन गरेमा आफूहरुको विमति जनाएका छन् ।

देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका हुन् ।

देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पवर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर एवं आश्चर्यचकित बनाएको छ ।’

निशर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश दलदलमा फस्ने भन्दै उनीहरुले यो निर्णयलाई गलत भनेका छन् ।

Mao-Statement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment