Comments Add Comment

एमाले र एमाओवादीबीच १४ बुँदे सहमति (पूर्णपाठसहित)

Kp-oli-and-Prachanda

२३ असोज, काठमाडौं । सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि एमाओवादीले अघि सारेको ८ बुँदे आधार पत्रलाई टेकेर १४ बुँदे सहमति भएको हो । 

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने-‘यो राजनीतिक सहमति हो । यसमा शक्ति बाँडफाँडको विषय छैन ।’

१४ बुँदेको पहिलोबुँदामा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, हित र स्वाधिमानको पक्षमा दृढ रहने भनिएको छ भने दोस्रो बुँदामा बाहृय दबाव र हस्तक्षेप अस्वीकार गर्ने उल्लेख छ ।

एमाले र एमाओवादीबीच संविधानले संस्थागत गरेको उपलब्धीहरुको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने र मधेसी, थारु र जनजातिसँग वार्ता गरी राजनीतिक सम्बोधन गर्ने सहमति पनि भनिएको छ । सहमतिको चौथो बुँदामा भनिएको छ-असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रीत दलहरु, थारु समुदाय र विभिन्न रुवमा आफ्ना मुद्धा र आवाज उठाइरहेका आदिवासी जनवजाथि लगायतका उत्पीडत समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गर्ने गरी समाधान गर्ने ।’

साथै वार्ता र सहमतिको माध्यमबाट संविधानमा आवश्यकता अनुसार संशोधन गर्ने सहमति पनि दुई दलबीच भएको छ ।

दुई दलको सहमतिमा नेपालले अघोषित नाकाबन्दीको सामनाम गर्नु परेको भन्दै तत्कालीन र दीर्घकालीन रुपमा अत्यावश्यक वस्तुहरुको आपूर्ति गर्न र देशलाई आत्मनिर्भर बनाउन योजनाबद्ध नीति र कार्यक्रम बनाउने उल्लेख छ । साथै नाकाबन्दी अन्त्य गर्न आग्रह समेत गरिएको छ ।

UML-Mao-14-point-Agriment UML-Mao-14-point-Agriment-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment