Comments Add Comment

प्रभु साहले भने- पार्टीको निर्णयमा असहमत छु, तर भोट हाल्छु

२३ असोज, काठमाडौं । एमाओवादी सांसद प्रभु साहले एमाले नेतृत्वमा सरकार बनाउने पार्टीको निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । तर, प्रधानमन्त्री निर्वाचनमा भने पार्टीको निर्णय अनुसार भोट हाल्ने बताएका छन् ।

Pravhu sahaएमाओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्न सभासदहरुलाई निर्देशन दिएको छ ।

शनिबार एमाओवादी संसदीय दलको बैठकमा भाग लिएका सांसद साहले सोमबारको प्रधानमन्त्री निर्वाचनमा आफूले पार्टीको निर्णय अनुसार मतदान गर्ने बताए ।

एमालेले मधेसी र थारुको मागलाई अस्वीकार गरेको भन्दै सभासद साहले सहमतीय सरकार गठनका लागि पहल गर्नुको साटो उसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गलत भएको बताए ।

संसदीय दलको बैठकपछि साहले अनलाइनखबरसँग भने- बहुमतीय प्रक्रियामा जाने निर्णयप्रति मेरो असहमति छ, तर पार्टीले निर्णय मान्छु ।’

साहले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा पार्टीको निर्णय अस्वीकार गर्दै बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment