+
+
Shares

ओलीलाई ‘पागल’ भन्नेले नै ‘राजनेता’ भने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:०६

२४ असोज, काठमाडौं । नेपालका नेताहरुको स्मरणशक्ति र नैतिक धरातल कति कमजोर छ भन्ने कुरा आइतबार संसद बैठकमा देखियो । ३३ दलीय प्रचण्ड मोर्चामा केपी ओलीलाई ‘पागल’ घोषणा गर्नुपर्छ भनेर प्रस्ताव गर्ने नेताले नै संसदको रोष्ट्रममा उभिएर ओलीलाई ‘राजनेता’ घोषणा गरेका छन् ।

Prem-Bahadur-Singhप्रशंग हो, समाजवादी जनता पार्टीका नेता तथा सांसद प्रेमबहादुर सिंहको । प्रचण्डको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले गत माघ २१ गते लिखित निर्णय नै गरेर केपी ओलीलाई मानसिक सन्तुलन ठीक नभएको भन्दै उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

मोर्चाका नेताहरुका अनुसार ओलीमाथि लगाइएको सो आरोपका प्रस्तावक सिंह आफैं थिए । सिंह त्यसबेला ३३ दलीय मोर्चाका प्रवक्तासमेत थिए ।

आइतबार उनै सिंहले संसदको रोष्ट्रममा उभिएर केपी ओलीको प्रशंसा गरे । ओलीको प्रशंसा गरेर मन्त्री पदको अपेक्षा गरेको हुनसक्ने अनुमान पनि कतिपयले लगाएका छन् ।

अहिले ओलीले राजनेताको परिचय दिने बेला आएको छ बताउँदै सिंहले भने ‘मलाई विश्वास छ, उहाँले प्रधानमन्त्री र राजनेताको भूमिका विर्पाच गर्नु हुने छ, विकास र सम्वृद्धिका लागि भूमिका निभाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । स्वाभिमानी भएर बाँच्ने नेपालीलाई ओलीले प्रतिनिधित्व गरेर उदाहरण पेश गर्ने विश्वास छ ।’

केपी शर्मा ओलीले विशेष परिििथतिमा सरकारको नेतृत्व गर्न लागेको भन्दै सिंहले ओलीलाई विजयी गराउन अपील गरे ।
तर, सिंहज्यू, उत्तेजनामा आएर तपाईले ३३ दलीय मोर्चामा ओलीलाई ‘मानसिक उपचार गराउन’ राखेको प्रस्ताव गलत थियो या संसदमा उभिएर गरेको उनको प्रशंसा ?

आफूलाई मन नपर्दा नितान्त तल झरेर गालीगलौज गर्ने र मन पर्दा अति नै भक्तिगान गर्ने नेपाली राजनीतिको विडम्बनालाई सिंहको अभिव्यक्तिले स्पष्ट पारेको छ ।

हिजो ओलीलाई पागलको उपमा दिने सिंहजस्तै धेरैजना नेताहरुले आइतबार आफ्नै हातले ओलीलाई मतदान गर्ने निर्णय गरेका छन् । कसैलाई आरोप लगाउँदा भोलि उसको पक्षमा पनि उभिनुपर्छ भनेर सोच्नुपर्दोरहेछ भन्ने पाठ पनि ३३ दलीय मोर्चाको सो निर्णयले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?