+
+
Shares

ओलीका तीन समर्थक संसदबाट ‘हराए’

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १५:३०

CA Meeting२४ असोज, काठमाडौंं । व्यवस्थापिका संसदमा चलिरहेको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तीन समर्थक रहस्यमय ढंगले अनुपस्थित भएका छन् ।

ओलीको उम्मेदवारीमा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका कमल थापा समर्थक छन् । तर, ओलीको समर्थक रहेका साना दलका तीन सभासद भने अनुपस्थित भएका छन् ।

आफ्नो समर्थन जनाउने क्रममा खम्बुवान मुक्ति मोर्चाका रामकुमार राई, नेपाली जनता दलका हरिचरण साह र दलित जनजाति पार्टीका यशोदाकुमारी लामा अनुपस्थित भएका छन् ।

तीन सभासदको अनुपस्थितले ओली प्रधानमन्त्री बन्न भने अवरोध गर्ने छैन । ओलीको आफ्नो दल एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५र फोरम लोकतान्त्रिकका १४ सभासद छन् । राप्रपासहितका साना दलको पनि समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?