२५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश मंगलबार चीन जाने भएका छन् ।
श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको आयोजनामा हुने सिल्क रोड सम्वन्धी एसियाली राजनीतिक दलहरुको सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् ।
यसअघि एमाओवादी अध्यक्ष प्रचण्ड जाने कार्यक्रम भएपनि सरकार गठन लगायतमा व्यस्त भएपछि पदाधिकारी बैठकले श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पाँच दिने भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुने श्रेष्ठले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4