+
+
Shares

मानव अधिकार आयोग दशैं, तिहार र छठ बिदामा पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १५:५२

१ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरु दशैं, तिहार र छठ पर्वको बिदाका दिनहरुमा पनि खुल्ला रहने भएका छन् । विहान ११ बजेदेखि २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।

NHRCआमनागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन् ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकष्मिक अनुगमन समेत गर्नेछ ।

सरकारको ध्यानाकर्षण

यसैगरी दशै, तिहार र छठलाई मध्यनजर गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न आन्दोलन दलहरुलाई आयोगले आग्रह गरेको छ ।

आयोगले लामो समयदेखि औषधि, ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज नभएका कारण दैनिक जनजीवनमा पर्न गएको प्रभाव न्यून गर्न तथा उपभोक्ताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई प्रभावकारी रुपमा संरक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?