+

अमेलिया केरको शानदार शतकमा न्युजिल्यान्डको कीर्तिमानी जित

२०८२ चैत  १८ गते १३:४८ २०८२ चैत १८ गते १३:४८
अमेलिया केरको शानदार शतकमा न्युजिल्यान्डको कीर्तिमानी जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्ड महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकाविरुद्ध ३४७ रनको लक्ष्य पूरा गरी ऐतिहासिक जित हात पारेको छ ।
  • अमेलिया केरले १३९ बलमा अविजित १७९ रन बनाएर महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो रन चेजमा टोलीलाई जित दिलाइन् ।
  • दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ३४६ रन बनाएको थियो, तर अमेलिया केरको उत्कृष्ट ब्याटिङले न्युजिल्यान्डलाई जित दिलाएको हो ।

१८ चैत, काठमाडौं । अमेलिया केरले शानदार ब्याटिङ गर्दै १३९ बलमा अविजित १७९ रन बनाएपछि न्युजिल्यान्ड महिला क्रिकेट टोलिले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारेको छ।

बेसिन रिजर्भमा बुधबार भएको एकदिवसीय खेलमा न्युजिल्यान्डले ३४७ रनको विशाल लक्ष्य पछ्याउँदै २ विकेटले जित निकालेको हो। यो महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज हो।

जितको नायक केरले १३९ बलमा अविजित १७९ रन बनाएर टोलीलाई जित दिलाइन्। उनले आफ्नो पाँचौं एकदिवसीय शतक पनि पूरा गरिन्।

न्युजिल्यान्डको सुरुआत भने राम्रो थिएन। सुरुमै महत्वपूर्ण विकेट गुमाएको टोली मध्यम चरणसम्म ४ विकेट गुमाएर दबाबमा परेको थियो। तर त्यसपछि अमेलियाले इसाबेला गेजसँग मिलेर १२० रनको साझेदारी गर्दै खेलमा फर्काइन्। गेजले ६८ रन बनाइन्।

अन्त्यतिर अमेलियाले आक्रामक खेल देखाउँदै अन्तिम २ बल बाँकी रहँदा टोलीलाई लक्ष्यसम्म पुर्‍याइन्।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ३४६ रन बनाएको थियो। टोलीका लागि एनेके बोशले ९१ रन, लाउरा वोल्भार्डले ६९ रन र कोल ट्रायनले अविजित ५२ रन बनाइन्।

अमेलिया केरको उत्कृष्ट प्रदर्शनका कारण दक्षिण अफ्रिकाको ठूलो स्कोर पर्याप्त हुन सकेन र न्युजिल्यान्डले रोमाञ्चक जित निकाल्यो।

अमेलिया केर दक्षिण अफ्रिका महिला क्रिकेट न्युजिल्यान्ड महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय