+
+
Shares

वैदेशिक रोजगारमा जाँदा ठगिएको भन्दै ४३ वटा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते ७:२३

३ कात्तिक, दाङ । वैदेशिक रोजगारमा जाँदा ठगिएको भन्दै दाङमा एक वर्षको अवधिमा ४३ वटा उजुरी परेको छ ।

श्रम तथा रोजगार मन्त्रालय र स्विस विकास नियोगको सहकार्यमा जिल्ला विकास समिति दाङअन्तर्गत सञ्चालित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्र घोराहीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका उजुरी परेको हो ।

एजेन्टदेखि लिएर मेनपावर कम्पनीका कारण दाङका युवा स्वदेशदेखि विदेशसम्म ठगिने र न्यायका लागि उजुरी दिने क्रम पनि बढ्दै गएको केन्द्रका संयोजक किरण पोख्रेलले जानकारी दिए र

उजुरीमध्ये अधिकांश एजेन्ट तथा मेनपावर कम्पनीले बढी रकम लिएको, एउटा काम भनेर अर्को काम र कम्पनीमा लगाउने गरेको, तलब कम दिएको, पैसा बुझाएर पनि पाँच छ महिनासम्म विदेश नपठाएको, ढिलासुस्ती गरेको भनी न्यायका लागि निवेदन आएको पोख्रेलले जानकारी दिए ।

यसैबीच केन्द्रले गएको आवमा दुई हजार ५४० जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको छ ।

सरकारी तथ्याङ्कअनुसार २०५० देखि २०७१ चैतसम्म नेपालबाट वैदेशिक रोजगारीका लागि ३८ लाख ६४ हजार ६ जना विभिन्न देशमा गएका छन् । यता दाङबाट श्रम स्वीकृति लिएर आव २०६७/६८ देखि २०७१/७२ सम्ममा ३४ हजार ७८ जना विदेश गएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?