+
+
Shares

मिथिलाञ्चलमा आज माताको खोइछा भर्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते ११:२२

३ कात्तिक, महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा आज नवदुर्गा भवानीको खोइछा भर्ने (एक विशेषपूजा) पूजा गर्दैछन् ।

प्रत्येक वर्ष दसैंको फूलपातीको दिन भाकल पूरा भएका श्रद्धालु भक्तजनले माता दुर्गा भवानीको मन्दिरमा गई खोइछा भर्ने कार्य गर्दै आएका छन् ।

तराईलगायत मिथिलाञ्चल क्षेत्रमा आज बिहान फलफूल, नैवेद्य, शृङ्गारका सामान, चुनरलगायतका पूजा सामग्री देवीमातासमक्ष अर्पण गरी खोइछा भर्ने कार्य गरिन्छ । देवी दुर्गाको मन्दिरमा फूलपाती कार्यक्रम सम्पन्न भएपछि सो पूजा गरिने छ ।

आज बिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेका विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

देवीसमक्ष गरेको भाकल पूरा भएपछि प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीको दिन खोइछा भर्ने पूजा कार्यक्रम धूमधामसँग मिथिलाञ्चलमा पौराणिककालदेखि गर्दै आएका छन् । खोइछा भरेपछि हरेक मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?