गौतम श्रेष्ठ
४ कात्तिक, काठमाडौं । हिन्दुहरुको महान चाड विजया दशमीको आज आठौ दिन महाअष्टमी रौतहटमा पनि धुमधामले मनाइदै छ ।

जिल्लामा रहेका विभिन्न देवी शक्तिपीठहरुमा आश्था, विश्वास र श्रद्धाभावका साथ दुर्गा भवानीको पूजा अर्चना गरिदैछ । दसैंको बेला विषेश गरी रौतहटमा राजदेवी मन्दिर, मत्सरीको दुर्गा मन्दिर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुरका देवी स्थानहरु लगायत विभिन्न मन्दिर तथा शक्ति पीठहरुमा भक्तिभावका साथ पूजा भइ रहेको छ ।
आज अष्टमीका दिन राजदेवी गाविस को राजदेवी मन्दिर र मत्सरीको दुर्गा मन्दिरमा एक हजारभन्दा बढी खसी, बोकाको बलि दिइएको छ । रौतहटमा सबै भन्दा बढी बलि दिइने मन्दिर मत्सरीको दुर्गा मन्दिर नै हो । पूर्ण तान्त्रिक विधिबाट सप्तमीको राती नीशा पूजा सम्पन्न भए पछि मात्र सो मन्दिरमा बलि चढाउने चलन रहेको छ ।
यसैगरी सदरमुकाम गौरलगायत जिल्ला भरी नै दुर्गा भवानीको माटोको मूर्ति बनाई सजाएर विधिपूर्वक मन्त्रोच्चारणका साथ पूजाआजा हुदैछ । लाउडस्पीकरहरुमा शंख, घण्ट तथा मन्त्रका आवाजहरुले पूरै सदरमुकाम नै गुञ्जीएको छ । गौर नगरक्षेत्रमा ६ भन्दा स्थानमा देवीको माटोको मूर्ति बनाएर आकर्षक सजावट गरिएको छ । विद्युतिय प्रकाशहरुले गर्दा रमणीय देखिने यी पंडालहरुमा साझ पख पनि दर्शनार्थीको उल्लेख्य भीड बढने गरेको छ । मन्दीरको आकारमा बास तथा कपडाले बनाइएका यी पंडालहरु झीलीमिली बतिले गर्दा दुलही झै श्रृङ्गारीएका देखिन्छन ।
प्रतिक्रिया 4