Comments Add Comment

रक्साैलमा रोकिएका ५८ ग्यास बुलेटलाई ‘रि-रुटिङ’ को अनुमति

Gas Bullate Rut१३ कात्तिक, काठमाडौं । भारतले रक्सौल नाकामा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेटलाई रुटि परिवर्तन -रि-रुटिङ) गरी नेपाल आउन अनुमति दिएको छ ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार ५८ वटा ग्यास बुलेटले रुट परिवर्तन गरी भैरहवाको बेलहिया नाका भएर नेपाल आउन अनुमति पाएका हुन् ।
वीरगञ्ज नाकामा मधेसी मोर्चाको निरन्तरको धर्नाका कारण रक्सौलमा रोकिएका ग्यास बुलेटको रि-रुटिङ गर्ने पहल थालिएको थियो । भारतीय आयल कर्पोरेशन -आइओसी) को बरौनी र हल्दियामा ग्यास भरेर पनि रोकिएका ग्यास बुलेटले भैरहवा नाकाबाट आउन अनुमति पाएको निगमले जानकारी दिएको छ ।

आइओसीले दिएको रि-रुटिङको अनुमतिलाई भारतको आन्तरिक राजश्व विभागले पनि प्रमाणीकरण गरेको निमित्त निर्देशक साहले बताए ।

यो पनि पढ्नुहोस् – रक्सौलमा रोकिएका ग्यास बुलेट काठमाण्डौंसम्म कसरी ल्याउने ?

‘५८ वटा ग्यास बुलेटले रि-रुटिङको अनुमति पाएका छन् । ति ट्यांकर भैरहवाबाट नेपाल आउँदैछन्’ साहले भने-‘अरु बुलेटलाई पनि रुट परिवर्तन गरेर नेपाल भित्राउन पहल भइहरेको छ ।’ रि-रुटिङ गरेर आएका ग्यास बुलेटलाई सकेसम्म काठमाडौं ल्याउने योजना छ । काठमाडौंमा ग्यासको अभाव चुलिएपछि निगमले उपभोक्तालाई राहत दिन यस्तो तयारी गरेको हो ।

अझै २ सय आठ बुलेट ग्यास र ६७ तेल ट्यांकर अझै अलपत्र
आयल निगमले एकैपटक सबै बुलेटको रि-रुटिङ गरेर ल्याउन नसकिने बताएको छ । रक्सौल नाकामा अझै २ सय ८ वटा भरिएका ग्यास बुलेट अलपत्र छन् । २ सय ८ मधे १ सय ५४ वटा बुलेटको भन्सार जाँचपास भइसकेकाले रि-रुटिङ गरेर ल्याउन समस्या भएको निगमको भनाइ छ । यसैगरी ६७ वटा तेल ट्यांकर पनि रक्सौलमै रोकिएका छन् ।

सम्बन्धित समाचार

तेल लिन चीन गएकै दिन भारतले पठायो २ सय ३७ ट्याकंर इन्धन

ग्यास बचत गर्न गृहणीलाई १२ टिप्स

आधा सिलिन्डर ग्यास बिक्री शनिवारबाट, मूल्य ७ सय 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment