Comments Add Comment

सरकार वार्ताबाट भाग्दैछ, हामी तयार छौं : फोरम

Ashok-Rai

२२ कात्तिक, काठमाडौं । संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले सरकार आफैं वार्ताबाट भागिरहेको आरोप लगाएका छन् । वार्ता प्रक्रिया सकारात्मक भइरहेको अवस्थामा निर्दोष आन्दोलनकारी को हत्या गरेर सरकारले वातावरण बिथोलेको उनको दाबी छ ।

संसद बैठकमा आइतबार बोल्दै राईले भने, ‘जब जब वार्ता सकारात्मक हुन थाल्छ, त्यसपछि सरकारले भयानक घटना गराउँछ । हामी अझै पनि वार्ताको टेबुलबाटै समस्या समाधान गर्ने पक्षमा छौं, सरकारले पनि ‘फास्ट ट्र्याक’बाट समाधान निकाल्न अहोरात्र वार्तामा बस्नुपर्छ कि पर्दैन ?’

उनले आपूर्तिमा असहजताले जनतालाई समस्या परिरहेको भन्दै आन्दोलनकारीका मागको सम्वोधन हुने गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग राखे । आन्दोलनका मृतकका परिवारले राहत नपाएको र घाइतेले उपचार नपाएको पनि उनको गुनासो थियो ।

राईले बोलेपछि आन्दोलनरत ८ दलका सभासदहरु आ-आफ्नो कुर्सीबाट उठेर नारावाजी गर्दै संसद बैठक अवरुद्ध गर्नतिर लागेका थिए । आन्दोलनका मागहरुको सम्बोधन नभएसम्म संसद बैठकको औचित्य नभएको भन्दै मधेसवादी एवं थारु सांसदहरुले संसदमा नाराबाजी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment