Comments Add Comment

नाकावन्दी जारी रहे भारतविरुद्ध लड्न तयार हुनुपर्छ : गगन थापा

Gagan Thapa with onlinekhabar3

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भारतले नेपालमा लगाइरहेको नाकावन्दी मानवता विरोधी अपराध भएको बताएका छन् । नेपालमा निरन्तर नाकावन्दी लगाइरहे सरकार भित्र र बाहिर रहेका सबै शक्ति मिलेर भारतविरुद्ध लड्न तयार हुनुपर्ने उनले बताए ।

नेपाल प्रेस युनियन तेह्रथुम शाखाले आइतबार विहान बसन्तपुरमा गरेको पत्रकार सम्मेलनमा नेता थापाले नेपालको नयाँ संविधानको विषयलाई लिएर भारतले नाकावन्दी गर्नु असल छिमेकीले गर्ने असल व्यवहार नभएको बताए । भारतले नेपालमाथि नाकाबन्दी गरेर अन्तराष्ट्रिय पारवहन अधिकारको समेत ठाडो उल्लंघन गरेको थापाले बताए ।

‘भारतले नेपालमा निरन्तर नाकावन्दी लगाइरहे सरकार भित्र रहेका र बाहिर रहेका सबै दल र शक्ति मिलेर भारत विरुद्ध लड्न पनि तयार हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री निर्वाचनमा पार्टी सभापति सुशील कोइरालाले उम्मेदवारी दिएर गलत गरेको थापाले बताए । प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णय पार्टी नीति विपरीत रहेको भन्दै थापाले त्यसको सम्पुर्ण जिम्मेवारी पार्टीका तीन शीर्ष नेताले लिनुपर्ने उनले बताए ।

अर्को एक फरक प्रसंगमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईतर्फ इंगीत गर्दै पुराना र थाकेका नेताहरुले नयाँ राजनीतिक शक्ति निर्माण गर्न नसक्ने र गरिहाले पनि त्यो शक्तिले खासै अर्थ नराख्ने टिप्पणी गरे ।

-कृष्ण विदुखीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment