+
+
Shares

नाका खोलाउन भारतसँग वार्ता भइरहेको छः बेलायत

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २६ गते १९:०५

Flag-of-London

२६ कात्तिक, काठमाडाैं । नेपालमाथि भारतले गरेको नाकाबन्दी खुलाउन भारत सरकारसँग वार्ता भइरहेको बेलायत जनाएको छ ।

आजदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको ठिक अघि वेलयती संसदमा भएको छलफलमा बेलायती बिदेश मन्त्रालयले भारतलाई नाका खोल्न दबाब दिइएको बताएका छन् ।british-parliament-on-nepal

बेलायती संसद म्याथ्यु ओर्फडले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाका खुलाउन वेलायत सरकारले के पहल गरिरहेको छ भनी सरकारसँग जवाफ माग गरेका थिए ।

जवाफमा बेलायती बिदेश राज्यमन्त्री ह्युगो स्वाइरले भने- नेपालमा लगाइएको नाकाबन्दीका कारण हाम्रो ध्यानाकर्षण भएको छ, हामी सम्बद्ध पक्षलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं ।’

राज्यमन्त्रीले बेलायतका नेपालस्थित कार्यवाहक राजदूतले नेपालका लागि भारतीय राजदूतसँग नाकाबन्दी खुलाउनेबारे पहल गरेको बताएका छन् । यसैगरी दिल्लीस्थित बेलायती हाइ कमिस्नर सर जेम्स बेभनले भारतीय बिदेशसचिव एस जयसंकरसँग भेट गरी नेपालमाथि भइरहेको नाकाबन्दी खुलाउनेबारे छलफल गरेकोसमेत उनले जानकारी दिए । बेलायती बिदेश मन्त्रालयका एशिया निर्देशकको हालै भएको भारत भ्रमणका क्रममा पनि बिदेशसचिव एस जयसंकरसँग नाका खुलाउन ध्यानाकर्षण गराएको उनले जानकारी दिए । बिदेशराज्यमन्त्री स्वाइरले नेपाल-भारतवीचको समस्या समाधानका लागि भारतसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको संसदलाई जानकारी दिएका छन् ।

नेपालले आफ्नो संविधान आफै बनाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै नाकाबन्दी गरेको बिरोधमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्ध लण्डनस्थित नेपाली समुदायले बिरोध प्रर्दशन गर्ने तयारी गरिरहेको

यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि बेलायत भ्रमण गर्दैछन् । बिगत एक दशकमा भारतीय प्रधानमन्त्रीले बेलायत भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

तर, लण्डनमा भने यतिबेला नरेन्द्र मोदीको स्वागतमा नभई बिरोधमा तिब्र तयारी भइरहेको छ । नेपालले आफ्नो संविधान आफै बनाउन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै नाकाबन्दी गरेको बिरोधमा लण्डनस्थित नेपाली समुदायले बिरोध प्रर्दशन गर्ने तयारी गरिरहेको छ ।

नेपालमाथिको नाकाबन्दी हटाउन आवाज उठाउने बेलायती सांसद म्याथ्यु ओर्फड सत्ताधारी कन्जरभेटिभ पार्टीका हुन् जसले यसअघि गोर्खा सैनिकका मागका बिषयमा समेत सक्रियतापूर्वक कुरा उठाएका थिए । यसैगरी अर्की सांसद फियोना ब्रुसले पनि नेपालमाथि भइरहेको नाकाबन्दी हटाउन सरकारले के पहल गरिरहेको छ भनी प्रश्न सोधेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?