+
+

छुरा प्रहारबाट श्रीमती घाइते

२८ कात्तिक, रामेछाप । रामेछापको प्रिती गाविस- ८ मा आफ्नै पत्नी माथि छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । प्रिती गाविस- ८ का ३५ वषिर्य तुलशीराम खुलालले विहिबार राति आफ्नै पत्नी २४ वषिर्या सुशिला तामाङ खुलाललाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते ९:२५

नवराज पथिक
२८ कात्तिक, रामेछाप । रामेछापको प्रिती गाविस- ८ मा आफ्नै पत्नी माथि छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । प्रिती गाविस- ८ का ३५ वषिर्य तुलशीराम खुलालले विहिबार राति आफ्नै पत्नी २४ वषिर्या सुशिला तामाङ खुलाललाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

स्थानीय मानबहादुर खत्रीले दिएको जानकारी अनुसार राति परिवारमा विवाद भए पछि उनी खुकुरी र छुरा लिएर परिवारका सदस्यमाथि आई लागेका थिए ,। उनी हतियार लिएर आईलागेपछि उनका बाबुआमा राति नै भागरे प्रहरी चौकी प्रितीमा  पुगेका थिए ।

शुक्रबार बिहान प्रहरीसहित बाबुआमा घरमा पुग्दा उनले पत्नीलाई अनुहारमा विभिन्न ठाउँमा छुरा प्रहार गरी बेहोस् बनाएर भागेका थिए । उनीसँगै रहेकी उनकी १४ महिनाकी छोरी रातभर वेहोस भएकी आमासँगै रुदै बसेकी थिइन् ।

घाइने तामाङको बेहोस् अवस्थामा नै स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ । खुलाललाई प्रहरीले शुक्रबार दिउँसो गाउँमा पिङ खेली रहेको ठाउँबाट पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?