+
+

राजेन्द्र महतोको मुक्ति क्रान्तिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १९:०१

५ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाडौंमा गत फागुन १४ र १५ गते अगुवा कार्यकर्ता भेला र दोस्रो चरणमा १६ गते माइतीघरको निषेधाज्ञा तोड्न माग गर्दै प्रदर्शन गरेको थियो ।

पार्टीको गभर्निङ काउन्सिलको जेठ १ देखि ३ सम्म भएको बैठक र मधेश थरुहटका नेताहरुसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक महतोले जानकारी दिए । ६ जेठमा सुरु हुने दोस्रो चरणका कार्यक्रममा ११ जेठसम्म प्रशिक्षण अन्तर्क्रियाका कार्यक्रमहरु राखिएका छन् । त्यसपछि भने आमसभा र प्रदर्शनीका कार्यक्रमहरु राखिएका छन् ।

१२ जेठमा पाँचथरको फेदेनमा आमसभा राखेको मुक्ति क्रान्तिले १६ जेठमा सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ककनीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । त्यस्तै १७ जेठमा भोजपुरमा र १९ जेठमा धरानमा आमसभा राखेको छ । महतोले २१ जेठमा दाङको घोराही र २४ जेठमा काठमाडौंको इटुम्बहालमा आमसभा राखेको जानकारी दिएका छन् ।

२६ जेठमा विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, २९ जेठमा ढोरपाटन शिकार आरक्षविरुद्ध प्रदर्शन, १ असारमा सर्लाहीको लालबन्दीमा मधेशी पहाडी एकता प्रदर्शनी र ४ असारमा काठमाडौंको माइतीघरबाट स्वशासन विधान घोषणा राखिएको संयोजक महतोले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?