+

ब्राजिल र अर्जेन्टिनाले बराबरी खेले

२०७२ कात्तिक  २८ गते १०:३७ २०७२ कात्तिक २८ गते १०:३७
ब्राजिल र अर्जेन्टिनाले बराबरी खेले

David Luiz
२८ कात्तिक, काठमाडौं । विश्वकप छनोट फुटबलमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको छनोट फुटबलमा १० खेलाडीमा सिमित ब्राजिलले लिओनल मेस्सी र सर्जिओ एग्युरो बिनाको अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदान ब्यूनस एरिसमा भएको खेलमा अर्जेन्टिनाले ३४ औं मिनेटमा लाभाजीको गोलबाट अग्रता लिएको थियो । तर, ५८ औं मिनेटमा लुकास लिमोले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

खेलको ८८ औं मिनेटमा डेभिड लुइजले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय