+
+
Shares

बीबीआइएनको मोटर र्‍याली नेपाल नआउने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १२:२७

BBIN-Moter-Rally

२९ कात्तिक, काठमाडौं । बंगलादेश, भूटान, भारत र नेपाल (बीबीआइएन) को फ्रेन्डसिप मोटर र्‍याली नेपालमा नआउने भएको छ । भारतबाट शनिबार सुरु भएको र्‍याली नेपाल आउने कार्यक्रम नाकाबन्दीबाट उत्पन्न तनावपूर्ण परिस्थितिलाई देखाएर स्थगित गरिएको हो ।

‘आयोजकहरुले अन्तिम समयमा र्‍यालीको रुटबाट नेपाललाई हटाउने निर्णय लिएका छन् । र्‍याली नेपाल आएको भए नेपाल र भारतवीचको सम्वन्ध सुधारमा सहयोग पुग्ने थियो,’ नेपाल अटोमोबाइल्ट एसोसिएसनका अध्यक्ष दसरथ रिजालले भने ।

२० वटा मोटर र ८० जना सहभागीहरु सम्मिलित र्‍यालीले १९ दिनमा ४ हजार ५ सय किलोमिटर यात्रा गर्नेछ । भारतको उडिसाबाट सुरु भएको र्‍याली भारतकै कोलकातामा आएर १ डिसेम्बरमा समापन हुनेछ ।

चार देशहरुले यसै वर्षको जूनमा भुटानको राजधानी थिम्पुमा यातायात सञ्जालसम्वन्धी सम्झौता गरेका थिए । उक्त सम्झौतामा उल्लेखित सडक सञ्जालकै रुटहरुलाई र्‍यालीले पछ्याउने कार्यक्रम छ । र्‍यालीले ती देशहरुमा रहेको ऐतिहासिक तथा राजनीतिक महत्वका स्थानहरुमा यात्रा गर्ने कार्यक्रम छ । यात्राकै क्रममा सम्झौताको महत्व र सडक सुरक्षाका विषयलाई प्रवर्द्धन गर्दै थुप्रै सम्मेलनहरु आयोजना गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?