३० कात्तिक, दाङ । दाङको तुलसीपुर कारागारमा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणीको मुद्दामा जेल सजाय भुक्तान गरिरहेका तुलसीपुर नगरपालिका १२ का ४९ वर्षीय दामोदर रेग्मीको सोमवार बिहान मृत्यु भएको कारागारका जेलर देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनी मिर्गौला र रक्तचापको विरामी थिए । रेग्मीको स्वास्थ्यमा गएराति समस्या भएपछि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको थियो ।
घोराहीबाट पनि काठमाडौं लैजाने तयारी भैरहेका बेला रेग्मीको बिहान मृत्यु भएको जेलर श्रेष्ठले बताए ।
रेग्मी जबरजस्ती करणीको मुद्दामा २०६० साल भदौ २२ गते जेल चलान भएका थिए । उनलाई अदालतले १३ वर्षको जेल सजाय तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4