+
+
Shares

बेइजिङमा मनाइयो २६३ औं नेपाली सेना दिवस

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ।
  • कार्यक्रममा उप–डिन मेजर जनरल नी सोंग प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
  • कार्यवाहक राजदूत रोशन खनालले नेपाली सेनाको राष्ट्रिय सार्वभौमिकता र सामाजिक सेवामा योगदान उल्लेख गर्नुभयो।

२० चैत, बेइजिङ । चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । सेना दिवसको अवसर पारेर बिहीबार साँझ विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा जनमुक्ति सेना सैन्य विज्ञान प्रतिष्ठानअन्तर्गत युद्ध अध्ययन संस्थानका उप–डिन मेजर जनरल नी सोंगलाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीमती रोशन खनालले नेपाली सेनाले राष्ट्रिय सार्वभौमिकताको रक्षा मात्र नभई पूर्वाधार विकास, विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्य र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन् ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपाली सेनाको सक्रिय भूमिकाका कारण विश्वस्तरमा शान्ति र सुरक्षाको प्रवर्द्धकका रूपमा नेपालले पहिचान बनाएको उल्लेख गरिन् । यस्तै नेपाल–चीनबीचको सैन्य सहकार्य मित्रता, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित रहेकोमा उनले जोड दिइन् ।

सैनिक सहचारी कर्णेल जयन्द्र केसीले नेपाली सेना दिवसले देशको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डताको रक्षा गर्न पुस्तौँदेखि समर्पित सैनिकहरूको साहस, बलिदान र प्रतिबद्धताको सम्मान गर्ने अवसर प्रदान गर्ने बताए  ।

उनले नेपाल विश्वमा दोस्रो ठूलो सैनिक योगदान गर्ने राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय शान्ति स्थापना र बहुपक्षीयतामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।  साथै, संयुक्त अभ्यास, तालिम, क्षमता अभिवृद्धि तथा विपद् उद्धारजस्ता क्षेत्रमा नेपाल–चीन सैन्य सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए, जसमा चिनियाँ जनमुक्ति सेना, विभिन्न देशका रक्षा सहचारी, निजी क्षेत्रका प्रतिनिधि तथा बेइजिङस्थित नेपाली समुदायको उपस्थिति रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?