Comments Add Comment

रोमाको पोष्टमा आधा दर्जन गोल गर्दै बार्सिलोना अन्तिम १६ मा

Luis Suarez

९ मंसिर, काठमाडौं । रोमाको पोष्ट आधा दजर्न गोल गर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा लिओनल मेस्सी र लुइस स्वरेजको दुई दुई गोलको मदतमा बार्सिलोनाले रोमालाई ६-१ ले हराएको छ र समूह इको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना तीन फवार्ड मेस्सी, स्वरेज र नेयमारसहित मैदान मैदान उत्रिएको थियो । र, घरेलु टोलीले १५ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लियो ।

चार मिनेटपछि नै मेस्सीले गोल गरे । चोटका कारण झण्डै दुई महिना मैदान बाहिर रहेपछि उनको यो पहिलो गोल समेत थियो ।४४ औं मिनेटमा स्वरेजले उत्कृष्ट भली गोल गर्दै पहिलो हाफमा बार्सिलानालाई ३-० को अग्रता दिलाए ।

एकपक्षीय खेलको ५६ औं मिनेटमा बार्सिलोनाका लागि पिकेले गोल गरे भने ५९ औं मिनेटमा मेस्सीले दोस्रो गोल गरे । यो गोलका लागि मेस्सी बार्सिलोनाका खेलाडीले २७ पास खेलेका थिए, जसमा मेस्सी स्वयंमले अन्तिम प्रहारसहित ६ पटक टच गरेका छन् ।

७७ औं मिनेटमा एडि्रनोले गोल गर्दै बार्सिलोनाको अग्रता ६-० मा पुर्‍याए । त्यसको केही मिनेट अघि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, नेयमार गोल गर्न चुके ।

८२ मिनेटमा रोमाले पनि पेनाल्टी पायो । तर, इडेन जोको चुके । खेलको अन्तिममा जोकोले नै रोमाका लागि सान्त्वना गोल गरे ।

जितपछि बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । रोमाको ५ अंक छ र दोस्रो स्थानमा छ । समान ५ अंकसहित बार्यन लिभरकुसन तेस्रो र ४ अंकसहित बाटे पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment