Comments Add Comment

शेष घले, राजेश हमाल र पारस खड्का लैंगिक हिंसाविरुद्धका सदभावदूत घोषित

Sesh Ghale, Rajesh Hamal and Parash Khadka

९ मंसिर काठमाडौं । सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैलिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ ।

बुधबारबाट सुरु भएको लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियानका अबसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीन जना ब्यक्तित्वलाई सदभावदूत घोषित गरेको हो ।

सद्भाव दूतहरुले आगामी दुई बर्षसम्म समाजमा लैंगिक हिंसा न्यूनिकरणका लागि जनचेतना जगाउन बिभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन् ।

महिला हिंसाविरुद्ध पुरुषको पनि सहकार्य अनिवार्य हुने भएकाले ख्यातिप्राप्त तीन पुरुषलाई सद्भाव दूत घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

अभियानको पहिलो दिन राजधानीमा प्रभावफेरी निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभावफेरी भद्रकाली, सहिदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको छ

सभामा उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले महिला हिंसा न्यूनिकरणका लागि संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

सद्भाव दूत घोषित एनआरएनए अध्यक्ष शेष घलेले महिला हिंसाविरुद्ध एनआरएनए सक्रिय रुपमा लागेको बताए । साथै उनले हिंसा न्यूनिकरणको थालनी आफ्नै घरबाट गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

तीनै सद्भावन दूत संयुक्त राष्ट्रसंघ अन्तरगतको ‘मेन लिडर नेटवर्क’ अन्तरगत नेपाल समितिको सदस्य समेत रहनेछन् । राष्ट्रसंघले महासचिव वान कि मुनकै नेतृत्वमा मेन लिडर नेटवर्क बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment