Comments Add Comment

‘हेलो सिँचाइमन्त्री’ कार्यक्रमबाट कृषकलाई सुविधा पुग्ने

१० मंसिर, बर्दिया । सिँचाइ मन्त्री उमेशकुमार यादवले कृषकका समस्या र गुनासो सिधै मन्त्रीसमक्ष राख्न सक्ने गरी ‘हेलो सिँचाइमन्त्री’ कार्यक्रम सञ्चालन गरिएकाले यसबाट कृषकलाई सुविधा हुने बताएका छन् ।

बबई सिँचाइ आयोजना बर्दियाको बस्तुस्थिति बुझ्न आज बर्दिया आउनुभएका मन्त्री यादवले देशमा सङ्घीयता नचाहने तत्वका कारण जनताले समस्या झेलिरहेको भन्दै मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरिने बताए ।

उनले प्रदेशको सीमाङ्कनको नक्साङ्कन स्थायीरुपमा ढुङ्गामा कोरिएको नभई संविधान संशोधनमार्फत संसोधन गर्न सकिने व्यवस्था भएकाले सरकार लचिलो भएर सीमाङ्कनको विषय संवादमार्फत टुङ्गो लगाई जनताले तत्काल भोगिरहेको समस्या चाँडै समाधान हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment