+
+
Shares

भारतमा ५३ हजार रावण, १५ सय कुम्भकर्ण

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १० गते १०:५३

Rawan

हिन्दु धर्मावलम्बीका देवता रामको जन्मभूमि भारतमा रावणको संख्या ५३ हजार ६३ छ । सुन्दैमा अचम्म लाग्नसक्छ । हो, भारतमा ५३ हजार ६३ जना रावण दर्ता भएका छन् ।

यो तथ्यांक कपोल कल्पित होइन । भारतको केन्द्रिय निर्वाचन आयोगको वेबसाइटमा सूचिकृत मतदाताको नामावली हो । मतदातामध्ये रावण नाम भएका मतदाताको संख्या ५३ हजार ६३ रहेको हो ।

रावणको संख्या ५० हजार नाघेको भारतमा रावणी पत्नी मन्दोदरीको संख्या भने २३ हजार १ सय ८२ छ ।

वेबसाइटमा रामायणका अन्य पात्रहरुको संख्या खोज्यो भने यस्तो सूचि आउँछः

पात्र संख्या
रावण ५३,०६३
दशानन २,५२६
मन्दोदरी २३,१८२
मेघनाद १०,१५३
इन्द्रजित ८४,५९९
कुम्भकर्ण १,५७५
विभिषण १०,६९८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?