१० मंसिर, बिराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन गरेर भएपनि मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नु पर्ने बताएका छन् ।
तर, सीमांकन विवाद भने संघीय आयोगलाई जिम्मा दिनु पर्नेमा उनले जोड दिएका छन् ।
उदयपुर जाने क्रममा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता नेपालले भारतले नाकाबन्दी गरेकै हो भनेका छन् ।
नाकाबन्दीका कारण उत्पन्न समस्या भारतले तत्काल सम्बोधन गर्नु पर्ने र सरकारले पनि चासो दिनु पर्ने उनले बताएका छन् ।