Comments Add Comment

६० हजार लिटर पेट्रोलियम प्रहरीलाई घाँडो, इन्धनले प्रहरी नै असुरक्षित

belahiya ma mini petrol pump=१२ मंसिर, काठमाडौं । कालोबजारी गरेको भन्दै प्रहरीले बरामद गरेको पेट्रोलियम पदार्थ उसैका लागि अहिले घाँडो बनेको छ । राजधानीका विभिन्न स्थानमा प्रहरीले तीन दिनमा मात्रै ४० हजार लिटर इन्धन बरामद गरेको थियो । यसरी बरामद गरिएको इन्धन प्रहरीसँग अहिले ६० हजार लिटर रहेको नयाँ पत्रिकामा खबर छ ।

बरामद इन्धनले प्रहरी नै असुरक्षित

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टेकुस्थित कार्यालयमा ठूलो मात्रामा बरामद पेट्रोल राखिएको छ । त्यसले आफूहरु नै असुरक्षित भएको महसुस प्रहरीले गरेको छ । पेट्रोल राखिएकै छेउमा क्यान्टिन छ, जहाँ खाना बनाउन दाउरा बालिन्छ । ‘केही गरी आगो पेट्रोलमा सल्कियो भने पूर टेकु क्षेत्र विस्फोट हुनसक्छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसकारण बरामद भएको इन्धन छिटो व्यवस्थापन हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment