+
+
Shares

सुन्धारामा गोली चल्यो, भगौडा प्रहरी समातिए

१३ मंसिर, काठमाडौं । एसएलआरसहित भागेका नेपाल प्रहरीका भगौडा जवान शनिबार विहान पक्राउ परेका छन् ।

रौतहटका छोटेलाल ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुन्धारामा रहेको लुम्बिनी पाहुना घरबाट पक्राउ गरेको हो ।

ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न थिए । उनी लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि गएको प्रहरी टोलीलाई देख्नासाथ ठाकुरले सिरानीमुनि रहेको पेस्तोल निकाल्न लागेपछि प्रहरीले फायर खोलेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १०:३५

Chotelal-Thakur

  •  गोली लागेर घाइते भएका छोटेलाल ठाकुर

१३ मंसिर, काठमाडौं । एसएलआरसहित भागेका नेपाल प्रहरीका भगौडा जवान शनिबार विहान पक्राउ परेका छन् ।

रौतहटका छोटेलाल ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुन्धारामा रहेको लुम्बिनी पाहुना घरबाट पक्राउ गरेको हो ।

ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न थिए । उनी लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि गएको प्रहरी टोलीलाई देख्नासाथ ठाकुरले सिरानीमुनि रहेको पेस्तोल निकाल्न लागेपछि प्रहरीले फायर खोलेको थियो ।

प्रहरीले बरामद गरेको हतियार
प्रहरीले बरामद गरेको हतियार

ठाकुरको खुट्टामा गोली लागेको छ । अपराध महाशाखा प्रमुख एसएसपी सर्वेर्न्द्र खनालले ठाकुर पक्राउ परेका पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार उनीसँगै अर्का एक युवक पनि पक्राउ गरेका छन् । उनीहरुको साथबाट लोड गरिएको चाइनिज पेस्तोल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?