१३ मंसिर, धरान । भारतीय नाकाबन्दीको विरोधमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले धरान बजार सुनसान बनेको छ । सडकमा बन्दकर्ता देखिएका छैनन् तर मुख्य सडकका पसलहरु सबै बन्द छन् ।
आज विहानै पहाडतर्फ हिडेका तीन मालबाहक ट्रक र दूध बोक्ने गाडीको केही व्यक्ति आएर बन्दकर्ता हौं भन्दै चाबी खोसेपछि गाडीहरु भानुचोकमा अलपत्र परेका छन् । भानुचोकमा बन्दकर्ताले राखेको एउटा झण्डामात्र देखिन्छ । वरिपरि कुनै बन्दकर्ता नभएपनि सडकमा मोटरसाइकल मात्र चलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4