Comments Add Comment

साउदी अरबमा पहिलो पटक महिला चुनाव लड्दै

Saudi-Women

१३ मंसिर, काठमाडौं । साउदी अरबको स्थानीय चुनावमा पहिलो पटक महिलाले चुनाव लड्दैछन् । र, उनीहरु चुनाव प्रचारमा जुटेका छन् ।

आगामी महिना साउदी अरबमा स्थानीय चुनाव हुँदैछ, जसमा ९०० महिला उम्मेदवारले भाग लिँदैछन् । साउदी अबरमा यो पहिलो पटक महिलाहरु स्थानीय चुनाव लड्दैछन् र उनीहरुले भोट पनि हाल्नेछन् । 

यद्यपि साउदी अरबको कानून अनुसार चुनावी प्रक्रियामा महिला उम्मेदवारले पुरुषसँग मिलेर काम गर्न पाउने छैनन् । साथै चुनावी दस्ताबेजमा उनीहरुको तस्वीर समेत प्रयोग हुने छैन । किनकी साउदी अरबमा महिलाहरुलाई सार्वजनिक रुपमा अनुहार देखाउन प्रतिवन्ध छ ।

पुरुषले पनि चुनावसम्वन्धी कागजपत्रमा आफ्नो छाप्न नपाउने बीबीसीले जनाएको छ ।

साउदी अरबमा २००५ बाट स्थानीय चुनाव सुरु भएको थियो, जसमा अहिलेसम्म महिलालाई संलग्न गराइएको थिएन ।

यो पटक महिला उम्मेदवार रहेको यो चुनावलाई स्थानीय सञ्चार माध्यमहरुले ऐतिहासिक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment