+
+
Shares

ग्यास नपाएको झोकमा चाल्नाखेलमा पिटिए प्रहरी (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ७ गते १९:३८

DSC_9595 copy

श्रीधर पौडेल 

७ पुस, काठमाडौं । दक्षिणकाली नगरपालिकाको चाल्नाखेल मंगलबार दिउँसो जनअन्दोलनको बेला जस्तै तनावग्रस्त रहृयो । प्रहरीको हतियार समेत खोसियो भने नेपाल प्रहरीका दुई डीएसपी समेत कुटिएको दृश्यले चाल्नाखेल केहीबेर रणमैदान जस्तै बन्यो ।

प्रहरी अधिकारीहरुले संयमता नअपाएको भए टीकापुर घटना दोहोरिन्थ्यो भन्ने प्रहरी प्रतिक्रिया छ । घटनामा दुई डीएसपीसहित सात प्रहरी घाइते भएका छन् । डीएसपीको घाँटीमा चोट लागेको छ ।

Chalnakhel Jhadap (3)

डाँडाबाट प्रहरीलाई ढुंगामुढा गरेका स्थानीयबासी भने प्रहरीको संयमताका कारण सुरक्षित छन् । डीएसपी टीका केसीको साथबाट खोसिएको हतियार प्रहरी टोलीले झाडीमा खोज्दा समेत भेटिएको छैन ।

किन भयो घटना ?

एभरेष्ट ग्यासको उद्योग तथा डिपो चाल्नाखेलमा छ । स्थानीयबासीले त्यहीबाट ग्यास लिन्थे । आइतबार ग्यास आएको देखेपछि स्थानीयबासी जम्मा भए र ग्यास मागे ।

तर, ग्यास उद्योग संघका अध्यक्ष समेत रहेका शिव घिमिरेले स्थानीयलाई मंगलबार ग्यास दिने बचन दिए । स्थानीयले ३०० सिलिण्डर ग्यास माग्दा उनले १००० सिलिण्डरको आश्वासन दिए ।

Chalnakhel Jhadap (1)

मंगलबार विहानैदेखि स्थानीय लाइनमा लागे । ९ सयभन्दा बढीमा मानिस लाइनमा बसे । उद्योगमा पनि १५०० सिलिण्डर ग्यास थियो । दिउँसो फेरि केही ग्यास थपियो ।

तर, ग्यास नपाएपछि स्थानीय आक्रोसित भए । उनीहरु तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले रोक्न खोजे । प्रहरीले आफ्नो पहलमा भएपनि ग्यास बाँड्ने बताएको थियो । तर, स्थानीयले तोडफोडमा मात्र उत्रिएनन्, प्रहरीमाथि नै जाइलागे ।

स्थानीयको समूहले सम्झाउन पुगेका डीएसपी केसीलाई तानेर कुटपिट गरे र उनको साथमा रहेको पेस्तोल खोसे । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास हानेको छ । तर, स्थानीयबासी माथि डाँडोमा उक्लिएर ढुंगामुढा गरेका छन् ।

स्थिति केही सामान्य भएपछि प्रहरीले झाडीहरुमा पेस्तोल खोसेपनि भेटाएन ।

Chalnakhel Jhadap (30)

भिडियो

Chalnakhel Jhadap (4) Chalnakhel Jhadap (6) Chalnakhel Jhadap (9) Chalnakhel Jhadap (15) Chalnakhel Jhadap (21)
Chalnakhel Jhadap (30) Chalnakhel Jhadap (32) Chalnakhel Jhadap (35)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?