+
+
Shares

इरानले पाकिस्तानमार्फत अमेरिका पठायो युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव

यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले अमेरिका र इजरायलसँग जारी युद्ध सधैंका लागि अन्त्य गर्ने उद्देश्यले पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारेको छ।
  • इरानले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गरी आफ्ना सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेको छ।
  • तेहरानले क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुज सुरक्षित आवागमन, पुनर्निर्माण र प्रतिबन्ध हटाउने मागहरू समेटिएको शान्ति सन्देश प्रस्तुत गरेको छ।

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारिएको हो ।

यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएका थिए । यदि स्ट्रेट अफ होर्मुज खुला नभए इरानका विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी ट्रम्पले दिएका थिए । मंगलबारसम्मको म्याद सकिनुभन्दा एक दिन अघि इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने शान्ति सन्देश दिएको हो ।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देशहरूको आदान–प्रदान भएको पुष्टि गरेका थिए । तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको बताएका थिए । समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार इरानको १० अनुच्छेदको जवाफमा युद्धविरामको अवधारणालाई ‘विगतका अनुभवहरू’ उल्लेख गर्दै अस्वीकार गरिएको छ । यसको सट्टा इरानले आफ्नै सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ ।

एजेन्सीका अनुसार तेहरानले प्रस्तुत गरेको शान्ति सन्देशको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने व्यवस्था लगायतका विभिन्न मागहरु समेटिएका बीबीसीले जनाएको छ ।

इरानले परमाणु कार्यक्रम जारी राखेको भन्दै गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेता र उनीहरुका परिवारका सदस्यहरु मारिएका थिए ।

त्यसको बदलामा इरानले पनि इजरायल र खाडी देशहरुमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा आक्रमण सुरु गरेको थियो । अहिलेसम्म पनि जारी लडाइँले खाडी देशहरुमा असुरक्षा बढेको छ । साथै विश्वभर पेट्रोलियम पदार्थ ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध हुँदा तेलको मूल्य आकासिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?