+

एनसीटीसी–आईसीएस युनिटी गेम्समा सिमान्तलाई दोहोरो स्वर्ण

२०८२ चैत  २४ गते ९:४२ २०८२ चैत २४ गते ९:४२
एनसीटीसी–आईसीएस युनिटी गेम्समा सिमान्तलाई दोहोरो स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले मेलबर्नमा भएको एनसीटीसी–आईसीएस युनिटी गेम्समा स्वर्ण जितेका छन्।
  • एनसीटीसी द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सिमान्तले अनुप गुरुङलाई पराजित गरे ।
  • डबल्समा अशोक गुरुङसँग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराए ।

२४ चैत, काठमाडौं । नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् ।

अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।

नेपाली कम्युनिटी टेनिस क्लब (एनसीटीसी) द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सिमान्तले अनुप गुरुङलाई पराजित गरे ।

डबल्समा सिमान्तले अशोक गुरुङसँग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराए । इन्टरमिडिएट सिंगल्समा दीपेश घिमिरेले भीष्म गौतमलाई पाखा लगाउँदै विजेता बने ।

विजेतालाई एनसीटीसीका अध्यक्ष केशव खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । अध्यक्ष खत्रीले नेपाली टेनिस समुदायलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिताको सुरुआत गरिएको बताए ।

आयोजक क्लबका सचिव भीष्म गौतमले भविष्यमा अझ ठूला कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य रहेको बताउदै प्रतियोगिताले नेपाली खेलकुद समुदायमा एकता र उत्कृष्टताको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।

एनसीटीसी–आईसीएस युनिटी गेम्स सिमान्त गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय