Comments Add Comment

अंग्रेजी पढाउन थालेपछि पर्वतमा बसाइँ सराइ रोकियो

२१ पुस, पर्वत । गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ ।

school_teacher5स्थानीय गोर्लाङ्धाम निम्न माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालिएपछि दक्षिण पर्वतको दुर्गम होस्राङ्दी गाविसको जम्पुर गाउँमा केही वर्षयता बसाइँ सराइ हुने क्रम रोकिएको हो ।

गाउँमा स्तरीय पढाइ नहुने भन्दै निजी विद्यालयमा छोराछोरी पढाउन बसाइँ सराइ गर्ने क्रम तीव्र भएपछि यो विद्यालयले पाँच वर्ष पहिलेदेखि अङ्ग्रेजी माध्यममा पढाउन थालेको हो ।

यहाँ नर्सरीदेखि ८ कक्षासम्म अंग्रेजीमा नै पढाइ हुने गरिएको छ । अंग्रेजीमा पढाउन सुरु गरेदेखि अहिलेसम्म एकजना अभिभावक पनि छोराछोरी पढाउनका लागि बजार झरेका छैनन् अभिभावक ईश्वरी भुसालले भने-‘गाउँ छाडेरभन्दा गाउँमै शिक्षाको अवस्था सुधार गरेर राम्रो बनाउन सकिँदोरहेछ ।’

सो विद्यालयमा पढ्नका लागि अहिले उरामपोखरा गाविसबाट समेत विद्यार्थी आउन थालेका छन् । विद्यार्थीका लागि सहुलियतमा आवास सुविधासमेत दिइएको छ । अंग्रेजी सुरु गरेपछि ३० जना विद्यार्थी थपिएको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए ।’गाउँका मान्छे बसाइँ सराइ गरेका छैनन्, अरु बाहिरबाट विद्यार्थी थपिएपछि छात्रावास चलाउनुपर्ने अवस्था आयो’- उनले भने ।

अंग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्रोतमा चारजना शिक्षक राखिएको छ । शिक्षकको तलबका लागि अभिभावकले वर्षमा एक दिनको तलब र प्रत्येक वर्ष छ दिन श्रमदान गर्दै आएका छन् ।

विद्यालयको क्षेत्रमा पर्ने होस्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दिने गरेका छन् । यसबाट वर्षमा ५० हजारभन्दा बढी नगद सङ्कलन हुने गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । ‘शिक्षकलाई तलब खुवाउन भनेर आफैँ महिना दिनको तलब बोकेर अभिभावक विद्यालय आउनुहुन्छ’ उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment